खासगरि थारु समुदायको मुख्य चाड मानिने माघी (खिंचडी) पर्व वीरगन्जमा भने थारुसँगै भोजपुरी, मैथिली, मारवाडी र नेवारी समुदायले सँगसँगै मनाएका छन्।यसअघिका वर्षहरूमा माघ १ गते वीरगन्जमा थारु समुदायको एकल आयोजनामा माघी (खिंचडी) महोत्सव आयोजना हुँदै आएको थियो।
तर यसपालि भने आइतबार थारुसँगै भोजपुरी, मैथिली, मारवाडी र नेवार समुदायले एकैथलोमा खिंचडी समारोह आयोजना गरेर सँगसँगै माघी पर्व मनाएका हुन्।
वीरगन्जको आदर्शनगरस्थित पुरानो बसपार्क परिसरमा माघी मूल समारोह समितिले आयोजना गरेको खिंचडी महोत्सवमा यी समुदायका खानाका परिकारहरूको स्टल राखिएको थियो।
थारु समुदायको स्टलमा घोङगी, गंगटा, माछा, हाँस, परेवा र कुखुराको मासुका परिकार राखिएको थियो।
भोजपुरी समुदायको स्टलमा तिल र भुजाको लड्डु, मैथिलीको स्टलमा खिंचडी, नेवारको स्टलमा यमरी लगायतका परिकार राखिएका थिए।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस