युक्रेनको दक्षिणपूर्वी शहर डिनिप्रोको एउटा आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । क्षेप्यास्त्र प्रहारबाट आक्रमणमा नौ तले भवनको एक भाग पूर्णरुपमा ध्वस्त भएको दुई दर्जनभन्दा बढी व्यक्ति अझै बेपत्ता छन् । युक्रेनको डिनिप्रोका मेयरले रुसले आक्रमण गरेको अपार्टमेन्टमा फसेका मानिसहरुको बच्ने आशा कमै रहेको बताएका छन् । अधिकारीहरुका अनुसार यस हमलामा कम्तीमा ३६ जनाको ज्यान गएको छ । यद्यपिद उद्धारको प्रयास भने जारी छ ।
धेरै मानिस अझै बेपत्ता छन्, ७५ जना घाइते भएका छन् ।
सोमबार रुसी राष्ट्रपतिका प्रवक्ताले उक्त भवनमा रुसी सेनाले आक्रमण नगरेको दाबी गरेका थिए । युक्रेनले उक्त भवनमा रुसी केएच-२२ मिसाइलले आक्रमण गरेको भन्दै उक्त मिसाइललाई खसाल्ने क्षमता नभएको बताएको छ । बीबीसी
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस