नयाँ वर्षको दिन सिड्नीको वाट्सन वेमा एक नेपाली युवती मृत अवस्था भेटिएका थिइन । सिड्नीको नेपाल महावाणिज्यदुत दिपक खड्का अनुसार निधन हुनेमा २२ वर्षिय प्रनिता श्रेष्ठ हुन् ।न्यु साउथ वेल्स प्रहरीले घटनाको अनुसन्धान गरिरहेको तथा पोष्टमार्टमको प्रकृया सुरु भइसकेकाले यस बारे थप विवरण दिन नमिल्ने नेपालट्युबलाई जानकारी गराएको छ ।नेपालट्युबले नेपालस्थित मृतकको आमा र सिड्नीस्थित सानी आमा (आमाकी बहिनी )संग सम्पर्क गरिसकेको छ । परिवारका सदस्यहरुका अनुसार मृतक प्रनिता निकै मिलनसार र सहयोगी स्वभावको हुनुहुन्थ्यो । प्रनिताको शव नेपाल पठाउन सानी आमा श्वेता थापाले गोफण्डमी मार्फत सहयोग संकलन सुरु गर्नु भएको थियो ।नेपालमा परिवारको आर्थिक अवस्था कमजोर रहेको तथा शव पठाउन १५ हजार डलर खर्च हुने भएकाले उक्त रकम संकलन भएपछि उनको लाश नेपाल आएको हो ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस