एक सातादेखि चलेको शीतलहरका कारण रौतहटको गरुडा नगरपालिकाका सबै सामूदायिक विद्यालय ३ दिन बन्द गर्ने निर्णय भएको छ ।गरुडा नगरपालिकाले आज एक सूचना जारी गर्दै अत्यधिक चिसोको कारण बालबालिकामा कोभिड–१९ को थप जोखिम बढेकाले आज (माघ ०४ गते) देखि माघ ६ गतेसम्म सबै सामुदायिक विद्यालयमा बिदा दिइएको हो ।
लगातार एकसाता देखिको शीतलहरको कारण रौतहटका साथै बारा,पर्सा,सर्लाही लगायत तराईको जनजीवन प्रभावित बनेको छ । सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्या न्युन देखिएको छ भने बजारहरुमा पनि चहलपहल घटेको छ । श्रोतः नौलो खबर नेपाल
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस